नागरिकमा सिटी स्क्यान सेवा सुरु

इछापा संवाददाता २०८२-०४-०४
नागरिकमा सिटी स्क्यान सेवा सुरु
भक्तपुर । नागरिक कम्युनिटी टिचिङ अस्पतालमा अत्याधुनिक सिटी स्क्यान सेवा सुरु भएको छ। वरिष्ठ डा. भगवान कोइराला, डा. भोला रिजाल, डा. अर्जुन कार्कीलगायतका चिकित्सकहरुको उपस्थितिमा सिटी स्क्यान मेसिनको आइतबार उद्घाटन गरिएको हो ।

भक्तपुरका सांसद दुर्लभ थापाले विभिन्न चाल चलेर राजनीतिमा जित्न सकिने तर स्वास्थ्यमा त्यो लागू नहुने भएकोले स्वास्थ्य क्षेत्र बलियो बनाउनुपर्ने बताउँछन् । साथै अहिले मुटुको समस्या तथा हृदयघातका कारण धेरै बिरामीले अकालमै ज्यान गुमाइरहेका छन् । सिटी स्क्यान मात्र नभइ मुटुका अन्य सेवाहरू पनि सुरु गर्न सांसद थापाले आग्रह गरे ।

अस्पतालका अध्यक्ष रामशरण भण्डारीले समुदायलाई अत्याधुनिक प्रविधिमार्फत सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको उद्देश्य रहेको बताए। सिटी स्क्यान सेवा प्रारम्भ भएसँगै भक्तपुर जिल्लाबासीलाई हृदयघातजस्तो प्राणघातक समस्याका लागि जिल्ला बाहिर जानुपर्ने समस्याको समाधान हुनेछ ।

यस एन्जियो सिटीले नागरिक अस्पतालमा मुटुको सिटी एन्जियोग्रामलगायत अन्य रोगको समयमै पहिचान, निदान र उपचार प्रक्रिया अझ प्रभावकारी र गुणस्तरीय बनाउने विश्वास लिएको छ। यस सेवाबाट विशेषगरी मस्तिष्क, छाती, पेट, हड्डी तथा अन्य जटिल स्वास्थ्य समस्याहरूको उच्चस्तरीय परीक्षण सहज रूपमा उपलब्ध हुनेछ।

सिटी स्क्यानमा १ महिनासम्म १५ प्रतिशत छुटको व्यवस्था रहेको अस्पतालले जनाएको छ ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.