नेपालमा लगानी गर्ने उपयुक्त अवसर : ढकाल

इछापा संवाददाता २०८२-०४-०२
नेपालमा लगानी गर्ने उपयुक्त अवसर : ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न यूएईका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल र यूएईबीच आर्थिक सहकार्यलाई प्रवर्धन गर्ने उद्देश्यले काठमाडौंमा बिहीबार आयोजित यूएई आर्थिक प्रवर्धन कार्यक्रममा अध्यक्ष ढकालले लगानी गर्ने उपयुक्त अवसर रहेको बताए ।

पछिल्लो समय व्यापक आर्थिक सुधार गरिरहेको र लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको अध्यक्ष ढकाल बताउँछन् । ३० भन्दा बढी कानुन संशोधन भइसकेको र द्विपक्षीय लगानी सम्झौता अन्तिम चरणमा रहेको अवस्थामा यूएईका लगानीकर्ताका लागि अहिले नेपालमा लगानी गर्ने उपयुक्त अवसर हुने उनले बताए ।

“ऊर्जा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधिजस्ता क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको छ । त्यसैले यूएईका लगानीकर्ताहरूका लागि अहिलेको समय नेपाल प्रवेश गर्न उपयुक्त अवसर हो,” अध्यक्ष ढकालले भने । जलविद्युत्, सौर्य ऊर्जा, प्रसारण लाइन, रिसोर्ट, साहसिक पर्यटन, कृषि उत्पादन प्रशोधन तथा आईसीटी आउटसोर्सिङमा संयुक्त लगानीको प्रस्ताव पनि अध्यक्ष ढकालले राखेका छन् ।

यूएईमा कार्यरत ३ लाखभन्दा बढी नेपालीलाई लक्षित गर्दै वित्तीय सेवा, तालिम केन्द्र र सिप विकासमा लगानी गर्न पनि उनले आग्रह गरे ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.