प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

इछापा संवाददाता २०८२-०३-२४
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको सोमबार उद्घाटन गरेका छन् ।
शिक्षण अस्पतालको ४३ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित उक्त भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले ‘निरोगी नेपाल’ को नाराका साथ काम गरेकोले सकभर बिरामी नहुने गरी आहार, बिहार र आराममा ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र सुलभरुपमा सेवा दिनुपर्ने बताए ।
उनले दुःख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका संचालक मीनबहादुर गुरुङ र साबित्री गुरुङको प्रशंसा गरे ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.