सामाजिक रुपान्तरणमा योगको भूमिका

– पृथ्वीराम श्रेष्ठ २०८२-०३-२७
सामाजिक रुपान्तरणमा योगको भूमिका
समाज परिवर्तनशील छ । सामाजिक मूल्य, नैतिकता, जीवनशैली र मानव व्यवहारमा समयसँगै विविध प्रकारका परिवर्तनहरूको साक्षी बन्दै हाम्रा कयौं पुस्ता भागिसकेको र हामीले वर्तमानमा अनुभूत गर्दै आएका छौं । यस्ता परिवर्तनहरू सकारात्मक र नकारात्मक दुवै प्रकारका हुन सक्छन् । यिनै परिवर्तनहरूलाई सकारात्मक दिशामा उन्मुख गर्न योगजस्ता आत्म अनुशासन र मानसिक विकासमा आधारित अभ्यासहरूको भूमिका समाज रुपान्तरणमा महत्वपूर्ण रहेको हुन्छ ।
शरीर, मन र आत्मालाई एकताको भावमा जोड्ने एक किसिमको अभ्यास नै योग हो । शारीरिक स्वास्थ्य, मानसिक शान्ति, आत्मिक विकास र नैतिक जीवनशैलीलाई समेट्ने योगले व्यक्ति मात्र होइन, समाजलाई समेत परिवर्तन गर्न सक्ने शक्ति राख्दछ ।
नियमित योग अभ्यासले व्यक्तिमा आत्म अनुशासन, संयम, अहिंसा, सत्य र करुणाजस्ता नैतिक गुणहरू विकास गराउँछ । यस्ता गुण भएका व्यक्तिले समाजमा सकारात्मक ऊर्जा दिन्छन्, जसले समाजमा सद्भाव र सहयोगको भावना थप बलियो बनाउने कार्यलाई सहयोग पु¥याई रहेको हुुन्छ ।
आजको आधुनिक समाजमा मानसिक तनाव, द्वेष, र कटुता व्यापकरुपमा बढेको हामीले देखेका छौं । नियमित योगले मानिसको मनलाई शान्त पार्छ, सहिष्णुता बढाउँछ र आन्तरिक सन्तुलन कायम राख्नुका साथै स्वस्थ राख्न ठूलो मद्दत गरेको हुन्छ । स्वस्थ, तनावमुक्त व्यक्तिले समाजमा सहिष्णु र सहकार्यमा योगदान पुु¥याई सकारात्मक भावले समाज रुपान्तणका लागि भूमिका खेलिरहेको हुन्छ ।
योगले जात, धर्म, भाषा वा क्षेत्रको आधारमा विभाजन कुनै किसिमको विभाजन गरेको छैन । समाजले एकै थलोमा बाँड्ने कार्य गरेको छ । योगको नियमित अभ्यास सबैका लागि अपरिहार्य छ । आजको सन्दर्भमा योगको माध्यमबाटै सामाजिक समावेशिता र राष्ट्रिय एकताको भावना बलियो बनाउँने कार्य गरेको पाइन्छ ।
वर्तमान समयमा केही युवापुस्तामा नैतिक संकट, नशा, हिंसा र दिशाहीनता बढ्दै गएको सञ्चार माध्यमको बेलाबखत समाचार र प्रत्यक्ष समेत हामीले देखेका छौं । युवाहरुलाई नियमित योगको माध्यमबाट आत्म चिन्तन र उद्देश्यपूर्ण जीवनतर्फ लैजानका लागि अभिप्रेरित गर्नु पर्ने खाँचो देखिएको छ । समाजमा सचेत, दिगो र जिम्मेवार नागरिक तयार गर्नका लागि योगको सिकाइ र अभ्यासलाई शिक्षा प्रणालीमा समावेश गरेमा प्रभावकारी हुनेछ देखिन्छ ।
नियमित योग शारीरिक कसरतको लागि मात्र होइन, जीवन जिउने एक कला हो । जब योग मार्फत आत्मज्ञान, अनुशासन र करुणाको मार्गमा लाग्छन्, तब समाजमा सकारात्मक ऊर्जा र समृद्धिको विकास हुन्छ । तसर्थ, सामाजिक रुपान्तरणमा योगको भूमिका अत्यन्तै प्रभावशाली, दिगो र महत्वपूर्ण रहेको सायद कसैको दुईमत नहोला ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.